गृहपृष्ठ Featured बाणगंगामा खोलामा डुबेर २ जना बालकको मृत्यु

बाणगंगामा खोलामा डुबेर २ जना बालकको मृत्यु

भदौ ८ गते
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका- ८ मोर्मीमा पोखरीमा डुवेर २ जनाको मृत्यु भएको छ ।

बाणगंगा- ८ निवासि प्रतिक भण्डारी र सरोज सापकोटाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
उनीहरुको दुवै जना बाणगंगा माध्यमिक बिद्यालय लौगाईमा कक्षा ७ अध्ययनरत थिए ।

साथीहरु भई उनीहरु मोर्मी ढोडेकोलको खोलामा पौडी खेल्न गएका थिए ।

पिपरा अस्पतालले उनीहरुलाई मृत्त घोषणा गरेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । अस्पताल ल्याउदानै दुवै जनाको मृत्यु भई सकेको पिपरा अस्पतालका डा. गणेश क्षेत्रीले जानकारी दिए ।

सम्बन्धित् समाचार