गृहपृष्ठ Featured लुम्बिनी प्रदेश सरकारले पूरक बजेट नल्याउने

लुम्बिनी प्रदेश सरकारले पूरक बजेट नल्याउने

बुटवल ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले पूरक बजेट नल्याउने स्पष्ट पारेका छन् । चालु आर्थिक वर्षका लागि स्वीकृत वार्षिक कार्यक्रमहरुको पूर्ण कार्यान्वयनका लागि सरकारले कार्यविधि र कार्ययोजना निर्माण गरिसकेको जानकारी दिँदै छुटेका योजनालाई अर्को आर्थिक वर्षमा समेट्न सकिने बताएका हुन् ।

सरकार फेरिएसँगै मुख्यमन्त्री आचार्यलाई पूरक बजेट ल्याउने दबाब आफ्नै पार्टी र कांग्रेसबाट बढेको छ । तर, आचार्य आफैं आर्थिक मामिला तथा योजना मन्त्री भएर ल्याएको बजेट संशोधन नगर्ने अडानमा छन् । उनले पूरक बजेट नल्याउने बरू अर्को वर्षको बजेटमा अहिले छुटेका योजना समावेश गर्ने स्पष्ट पारेका हुन् ।

बर्दिया जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, राजनीतिककर्मी लगायत सरोकारवालाहरुसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा आइतबार छलफल गर्दै मुख्यमन्त्री आचार्यले योजना माग गर्दा प्रक्रियागत रुपमा आउन पनि आग्रह गरे ।

सम्बन्धित् समाचार