दाङ ।
घोराहीमा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१२ डाँडागाउँका ६८ वर्षीय बुद्धिराम चौधरीको मंगलबार बिहान घरमै करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले बताए ।
आफ्नै गोठको छानामा चढेर लौका टिप्ने क्रममा विद्युत् पोलको नांगो तार छोएर करेन्ट लागेको उनले जानकारी दिए ।
करेन्ट लागेर चौधरीको घटनास्थलमै मृत्यु भएको उनले बताए ।








