गृहपृष्ठ Featured एकीकृत समाजवादी : महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित

एकीकृत समाजवादी : महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित

काठमाडौँ ।

नेकपा (एकीकृत समाजवादी) को महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित भएकी छिन् । झाँक्रीलाई जयन्तीदेवी राईले पराजित गरेकी हुन् ।

राईले १९९ मत ल्याउँदा झाँक्रीले ११२ मत प्राप्त गरेकी छिन् । नेकपा एमाले विभाजनपछि बनेको नयाँ पार्टीमा झाँक्रीलाई सचिवको जिम्मेवारी दिइएको थियो ।

पार्टीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्रीलाई पराजित गर्दै जयन्ती राई निर्वाचित भएकी छन् । केन्द्रीय समिति सदस्यमध्येबाट पदाधिकारीका लागि चुनाव भएको हो । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध भएका छन् ।

यसअघि नै माधव नेपाल अध्यक्ष, झलनाथ खनाल सम्मानित नेता र घनश्याम भूसाल महासचिव चयन भइसकेका थिए । अन्य पदाधिकारी चयनका लागि भने मंगलबार मतदान भएको हो ।

सम्बन्धित् समाचार