गृहपृष्ठ Featured कपिलवस्तुमा शुद्धोधनबाट अवैध रुपमा भित्राइएका लसुन बरामद

कपिलवस्तुमा शुद्धोधनबाट अवैध रुपमा भित्राइएका लसुन बरामद

भारतबाट अबैधरुपमा भित्राउँदै गरेको अवस्थामा कपिलवस्तुमा लसुन सहित दुई लाख ५० हजारका बिभिन्न सामाग्रीहरू बरामद गरिएको छ । प्रहरीले मंगलवार बिहान  शुद्धोदन गाउँपालिका वडा नम्बर ५ हथिहवा दोहनी नाकाबाट मोटर साइकलमा ल्याउँदै गरेको अवस्थामा ५ सय २० केजी लसुन बरामद गरेको हो ।

३ वटा मोटर साइकलमा १३ वटा बोरामा ल्याई रहेको अवस्थामा प्रहरीले १ लाख ५६ हजार मूल्यको भारतीय लसुन बरामद गरेको  इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए । सुराकीका आधारमा दोहनी जाँदा प्रहरीलाई देखे पछि तस्करहरू लसुन छाडेर भागेका थिए ।

हथिहवा दोहनी नाकामा सशस्त्र प्रहरीको कार्यालय र नेपाल प्रहरीको सीमा चौकी समेत छ । तर त्यहाँ भने निर्बाध तस्करी भइरहेको भन्ने सुराकी आए पछि इलाका प्रहरी कार्यालय पकडीको टोली दोहनी पुगेको हो । यस्तै केही दिन अघि बरामद गरिएको मोबाइलका बिभिन्न सामाग्रीहरू, टायल्स, चप्पल,चिनी लगायतका गरी ८९ हजार मूल्यका गैर कानुनीरुपमा भित्राइएका सामाग्रीहरू समेत बरामद गरिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

बरामद सामाग्री सुठौली भन्सार चलान गरिएको छ । प्रहरी उपरिक्षक नवरत्न पौडेलले चाडबाडसँगै तस्करी बढेको भन्ने गुनासो आए पछि सीमा नाका क्षेत्रमा कडाई गरिएको बताए ।

सम्बन्धित् समाचार