गृहपृष्ठ Featured बिमा बापतको रकम हस्तान्तरण

बिमा बापतको रकम हस्तान्तरण

रामबहादुर गन्धर्व, कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगा नगरपालिका- ७ बनगाईस्थित आशा लघुबित्त बित्तिय संस्थाले आफ्नो संस्थाद्वारा गठित समूहका सदस्यलाई बिमा दावी बापतको रकम बुधबार मृतकको निवासमै पुगि हस्तान्तरण गरेको छ।

संस्थाले समूमा आवद्व बाणगङ्गा- ७ बनगाई केन्द्र नं.३५ को शिवपार्वती महिला समूहकि सदस्य इन्द्रकला खड्काको गत १५ गते भएको असायमिक निधन पश्चात् बिमित (मृतक)को निवासमा पुगि निजको श्रीमान रामबहादुर खड्कालाई १ लाख छुट सहित २लाख पचास हजार बराबरको रकम हस्तान्तरण गरेको छ।

चेक रकम ग्रहण गर्दै खड्काले संस्थाको उदाहरणीय कार्यप्रति प्रशंसाा गर्दै सम्पूर्ण महिला दिदीबहिनीलाई समूहमा जोडिन आग्रह गरे। त्यस्तै केन्द्रकी अध्यक्ष पुनम न्यौपानेले अन्य लघुबितको तुलनामा आशा लघुबित बित्तिय संस्थाले महिला दिदीबहिनीहरूका लागि आत्म निर्भर बन्नमा सहजता प्रदान गरेको बताइन् । यस्तै संस्थाका फिल्ड अधिकृत महेश गुप्ताले संस्थाको उद्देश्य माथि प्रकाश पार्दै सदस्यहरूलाई प्रदान गरिदै आएको सेवासुबिधाहरूको बारेमा जानकारी गराउनुका साथै संस्थाले हालसम्म ७करोड बढी लगानी गरेको बताए ।

केन्द्रका २० जना सदस्यहरूको उपस्थिति रहेको उक्त कार्यक्रम शाखा प्रमुख भोजराज भट्टको अध्यक्षता, पत्रकार रामबहादुर गन्धर्वको प्रमुख आतिथ्यता सम्बन्धित संस्थाका कर्मचारीको सहभागीता सहित देवी ज्ञावलीको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार