गृहपृष्ठ Featured लुम्बिनीमा स्वास्थ्य बिमा : पाल्पामा करिब शत प्रतिशत, कपिलवस्तु जम्मा १७ प्रतिशत बिमित

लुम्बिनीमा स्वास्थ्य बिमा : पाल्पामा करिब शत प्रतिशत, कपिलवस्तु जम्मा १७ प्रतिशत बिमित

रुपन्देही ।

सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये पाल्पामा सबैभन्दा बढी प्रतिशत प्रभावकारी देखिएको छ भने प्रदेश राजधानी रहेको दाङमा कम प्रभावकारी देखिएको छ ।

पाल्पामा ९९.४७ प्रतिशत सबैभन्दा बढी,अर्घाखाँची ४९.१७,गुल्मी, ४६.२४, प्युठान ३२.५८,बर्दिया २९.७५ र रोल्पा १७.९८ प्रतिशत बिमित संख्या रहेका छन् ।

त्यस्तै, रुकुमपूर्व १७.८६, कपिलवस्तु १७.२४, रुपन्देही १६.७७, नवलपरासी पश्चिम १३.५० र बाँके १३.०३ प्रतिशत बिमित संख्या छन् । सबैभन्दा कम दाङ जिल्ला रहेको छ ।

दाङमा ८.५० प्रतिशत बिमित रहेको स्वास्थ्य बिमा बोर्ड लुम्बिनी प्रदेशका संयोजक सृजना पौडेलले जानकारी दिएकी छन् ।
प्रदेशका १२ जिल्लामा कुल जनसंख्या ५१ लाख २२ हजार ७८ जना रहेका छ भने बिमितको संख्या ११ लाख ९८ हजार ६ सय ४३ जना छन् । त्यस्तै प्रतिशतको हिसाबले लुम्बिनी प्रदेशमा २३.४० प्रतिशत छ ।

परिवारको जनसंख्या ११ लाख ४२ हजार ९ सय ५० ती मध्ये बिमित परिवारको संख्या ३ लाख ८३ हजार ७ सय १७ र प्रतिशतको हिसाबले ३३।५७ प्रतिशत रहेको स्वास्थ्य बिमा बोर्ड लुम्बिनी प्रदेशले जानकारी दिएको छ ।

लुम्बिनीका स्थानीय तहमा यस्तो छ अवस्था

प्रदेशका १०९ वटा स्थानीय तहमध्ये स्वास्थ्य बिमालाई पालिका तहमा कार्यान्वयन गर्न गठन गर्नुपर्ने संयोजन समिति समेत आधाभन्दा बढीले गरेका छैनन् । हाल सम्म लुम्बिनी प्रदेशमा ५० वटाले मात्र गठन गरेका छन् । अझै ५९ वटा स्थानीय तहले गठन गर्न बाँकी नै रहेको छ ।

बर्दियाका ८ वटा स्थानीय तहमध्ये ३ वटाले संयोजन समिति गठन गरेका छन् भने गठन प्रतिशतले हेर्दा ३७.५ प्रतिशत छ । दाङमा १० वटा पालिकामध्ये १ वटा संयोजक समिति गठन भएको छ । जुन प्रतिशतको हिसाबले १० प्रतिशत मात्र हुन्छ ।

बाँकेका ८ पालिकामध्ये २ वटामा गठन र २५ गठन प्रतिशत, कपिलवस्तु १० वटा पालिका गठन ४ र गठन प्रतिशत ४०,रुपन्देही १६ पालिका मध्ये ११ वटामा गठन र ६२.५ गठन प्रतिशत,पाल्पा १० पालिका ६ मा गठन र गठन प्रतिशत ६० रहेको छ ।

त्यस्तै,गुल्मी १२ वटा पालिका,१ गठन छ भने गठन प्रतिशत ९।०९,अर्घाखाँची ६ पालिकामध्ये ६ वटैमा गठन भएको छ । अर्घाखाचीमा गठन प्रतिशत शतप्रतिशत रहेको छ ।

प्युठानमा ९ पालिकामा ६ वटामा गठन छ भने ६६.६६ गठन प्रतिशत,रोल्पामा १० पालिका मध्ये ३ वटा पालिकामा गठन र गठन प्रतिशत ४३ रहेको छ । रुकुमपूर्वका ३ पालिका मध्ये ३ वटैमा स्थानीय तहको संयोजक समिति गठन भएका छन् । लुम्बिनी प्रदेशमा १०९ पालिका मध्ये ५० वटा गठन,५९ वटा पालिकामा गठन हुन बाँकी रहे छ भने प्रतिशतको हिसाबले ८४.७४ प्रतिशत रहेको छ ।

सम्बन्धित् समाचार