हेटौँडा ।
जर्मनीको बुन्डेस लिगामा गत सिजन अपराजित रहँदै च्याम्पियन बनेको बायर लिभरकुजनले ३५ खेलमा रहेको आफ्नो अपराजित यात्रालाई पूर्णविराम लगाएको छ ।
लेभरकुजनले २०२२-०२४ मा बोचुमसँग ३-० गोलअन्तरले पराजित भएयता ४६२ दिनपछि पहिलो हार बेहोरेको हो ।
खेलको ३८ औँ मिनेटमा घरेलु टोलीले जेरोमीको गोल मार्फत सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफको ४५ औँ मिनेटमा एलेक्सले गोल गर्दै टिमलाई २-० को अग्रता दिलाएका थिए ।
दोस्रो हाफको ५७ औँ मिनेटमा लुइस ओपान्डाले गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो । तर ८० औँ मिनेटमा पुन ओपान्डाले गोल गरेपछि लेभरकुजनले हार बेहोर्दै ३५ खेलको आफ्नो अपराजित यात्रालाई पूर्णविराम लगायो ।








