गृहपृष्ठ Featured म्यानचेस्टर युनाइटेडविरुद्ध लिभरपुलको फराकिलो जित

म्यानचेस्टर युनाइटेडविरुद्ध लिभरपुलको फराकिलो जित

प्रकाशित मिति:

इङ्लिस प्रिमियर लिगमा लिभरपुलले म्यानचेस्टर युनाइटेडविरुद्ध फराकिलो जित निकालेको छ । गए राति भएको खेलमा लिभरपुलले म्याचेस्टर युनाइटेडलाई ३-० ले पराजित गरेको हो ।

लिभरपुलका लागि लुइस डाइजले ३५औँ र ४२औँ मिनेटमा गोल गरे । त्यस्तै मोहम्मद सालाहले ५६औँ मिनेटमा गोल गर्दै म्यानचेस्टर युनाइटेडविरुद्ध ३-० को जित सुनिश्चित गरे ।

लिगअन्तर्गत नै न्युकासलले टोटनहामलाई २-१ गोलले पराजित गर्‍यो । न्युकासलको जितमा हार्भी बार्नेसले ३७औँ र एलेक्जेन्डर इसाकले ७८औँ मिनेटमा गोल गरे । टोटनहामले ५६औँ मिनेटमा आत्मघाती गोल उपहार पाए पनि हार टार्न भने सकेन ।

त्यस्तै लिगअन्तर्गतकै अर्को खेलमा चेल्सी र क्रिस्टल प्यालेस बराबरीमा रोकिएका छन् । निर्धारित समयमा दुवै टोलीले १-१ गोल गरेपछि खेल बराबरीमा सकिएको हो ।

सम्बन्धित् समाचार