गृहपृष्ठ कपिलवस्तु बिशेष एक चक्के साइकल चलाएरै पुगे लुम्बिनी कपिलवस्तुका राहुल

एक चक्के साइकल चलाएरै पुगे लुम्बिनी कपिलवस्तुका राहुल

मनोज पौडेल, कपिलवस्तु

कपिलवस्तु नगरपालिकाको दलदलहाका १८ वर्षे राहुल गिरी एउटा चक्का भएको साइकल चलाएर बुद्धस्थल निग्रोधारामबाट बुद्ध जन्मस्थल लुम्बिनी पुगेका छन् ।

बुद्धस्थल निग्रोधारामबाट शनिबार बिहान ८ बजे यात्रा थालेका उनी ४ घण्टामा लुम्बिनी पुगेका थिए ।

उनले एउटा चक्काको साइकल चलाउँदै २५ किमि यात्रा गरेका हुन् ।

विश्व शान्तिको कामना गर्दै नयाँ काम गर्ने र नयाँ रेकर्ड बनाउने रुचिले आफू उत्साहित भई एक चक्के टायरको भरमा साइकल चलाएर लामो दुरीको यात्रा गरेको उनले बताए ।

सम्बन्धित् समाचार