मनोज पौडेल, कपिलवस्तु
कपिलवस्तु नगरपालिकाको दलदलहाका १८ वर्षे राहुल गिरी एउटा चक्का भएको साइकल चलाएर बुद्धस्थल निग्रोधारामबाट बुद्ध जन्मस्थल लुम्बिनी पुगेका छन् ।
बुद्धस्थल निग्रोधारामबाट शनिबार बिहान ८ बजे यात्रा थालेका उनी ४ घण्टामा लुम्बिनी पुगेका थिए ।
उनले एउटा चक्काको साइकल चलाउँदै २५ किमि यात्रा गरेका हुन् ।
विश्व शान्तिको कामना गर्दै नयाँ काम गर्ने र नयाँ रेकर्ड बनाउने रुचिले आफू उत्साहित भई एक चक्के टायरको भरमा साइकल चलाएर लामो दुरीको यात्रा गरेको उनले बताए ।