गृहपृष्ठ Featured लुम्बिनी प्रादेशिक अस्पताल : मेसुका लागि हानथाप हुँदा समस्या

लुम्बिनी प्रादेशिक अस्पताल : मेसुका लागि हानथाप हुँदा समस्या

रूपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल मेडिकल सुपरिटेन्डेन्ट (मेसु)विहीन बनेपछि सेवा प्रभावित बनेको छ । उक्त पदमा काम गर्नका लागि हानथाप हुँदा समस्या भएको हो ।

अस्पतालमा कार्यरत एघारौं तहका डा. विष्णु गौतमले आफ्नो योग्यता अनुसार जिम्मेवारी नपाएपछि २०८१ असार १३ मा सर्वोच्चमा रिट दायर गरेका थिए । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौं तहका डा. गौतमको पद नै प्रमुख मेडिकल सुपरिटेन्डेन्ट उल्लेख गरेको छ । उक्त जिम्मेवारी अनुसार काम गर्न नपाएको उल्लेख गर्दै उनले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

गौतमले सर्वोच्चमा रिट दायर गरेपछि गत असार १४ मा सर्वोच्च अदालतले तत्कालीन मेसु डा. इन्द्र ढकाललाई काममा नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । ढकाल दसौं तहका चिकित्सक हुन् ।

गौतमले २०७८ पुसमा लोकसेवा आयोगबाट उक्त पदको जिम्मेवारी पाएको पत्रसहित मास्टर्स इन पब्लिक हेल्थको प्रमाणपत्र बुझाए पनि लुम्बिनी प्रदेशमा सरकार फेरबदल भइरहने समस्याले गर्दा जिम्मेवारी प्रदान गर्न बेवास्ता गरिएको आरोप लगाए । लोकसेवामा खुला तर्फबाट सिफारिस भएर नियुक्त गरिए पनि कामकाज गर्न नदिएको उनले बताए ।

सम्बन्धित् समाचार