गृहपृष्ठ Featured कपिलवस्तुमा माछा मार्ने क्रममा डुबेर ७ वर्षीय बालकको मृत्यु

कपिलवस्तुमा माछा मार्ने क्रममा डुबेर ७ वर्षीय बालकको मृत्यु

कपिलवस्तुमा माछा मार्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।

यसोधरा गाउँपालिका–५ बैदौलीमा स्थानीय मोहम्मद मुसलमानका ७ वर्षीय छोरा मोहम्मद उमर मुसलमानको मर्सैया खोलामा डुबेर सोमबार साँझ मृत्यु भएको हो।

डुबेर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक हरि बहादुर ओलीले जानकारी दिए।

सम्बन्धित् समाचार