वैखरी अनलाइन, बाणगंगा ।
जग्गा तथा आवास बिकास संस्था कपिलवस्तुको अध्यक्षमा बिश्वराज पौडेल चयन भएका छन । बाणगंगा नगरपालिकाको चार नम्बर जितपुरमा भएको प्रारम्भीक साधारण सभाबाट पौडेललाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।
त्यस्तै जग्गा तथा आवास बिकास संस्थाको उपाध्यक्षमा भिम प्रसाद सापकोटा, सचिवमा शालिकराम आर्चाय, कोषाध्यक्षमा कृष्ण पौडेल रहेका छन भने खेमराज पौडेल, बेदराज नेपाली, केशवराज आर्चाय, बिजय सापकोटा, पकंज पाण्डेय, बिश्वराज पन्थी सदस्यमा चयन भएका छन ।
सभाले संस्थालाई अगाडी बढाउनका लागी बिभिन्न जिम्मेवारी समेत प्रदान गरेको छ । कार्यक्रम जग्गा तथा आवास बिकास संस्थाका रुपन्देहीका सदस्य कृष्ण कुवँरको प्रमुख आथित्यता र बिश्वराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो । अध्यक्ष पौडेलले संस्थालाई चलायमान बनाउन आफु प्रतिबद्ध भइ लाग्ने बताएका छन ।