काठमाडौं ।
म्यानचेष्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा साउथ ह्याम्पटनमाथि सहज जित हात पारेको छ । शनिबार भएको खेलमा युनाइटेडले ३–० गोलको जित हात पारेको हो ।
लिगको पहिलो खेल सिजतेको म्यानचेष्टर युनाइटेडले लगातार दुई खेल गुमाएको थियो । साउथ ह्याम्पटनमा घरेलु मैदानमा भएको खेलमा युनाइटेडले ३५ औं मिनेटमा म्याथाइज डि लिग्टले गोल गरे । बार्यन म्युनिखबाट यो सिजनमा मात्र ओल्ड ट्राफर्ड आएका उनको क्लबका लागि पहिलो गोल हो ।








