गृहपृष्ठ Featured जिरोनामाथि बार्सिलोनाको सहज जित

जिरोनामाथि बार्सिलोनाको सहज जित

लामिन यमलले दुई गोल गरेपछि स्पेनिस ला लिगामा बार्सिलोनाले सहज जित हात पारेको छ । घरेलु टिम जिरोनालाई बार्सिलोनाले ४-१ गोलअन्तरले पराजित गरेको हो ।

खेलमा सुरुवाती अग्रता बार्सिलोनाले नै लिएको थियो । खेलको ३०औँ मिनेटमा लामिन यमलले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ३७औँ मिनेटमा यमलले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना पहिलो हाफमा २-० को अग्रता लिन सफल भयो । खेलको ४७औँ मिनेटमा ड्यानी ‌ओल्मोले गोल गर्दै बार्सिलोनालाई ३-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ६४औँ मिनेटमा पेड्रीले गोल गरेपछि बार्सिलोना ४-० को अग्रता लिन सफल भयो । खेलको ८०औँ मिनेटमा जिरोनाका लागि क्रिस्टियन स्टुआनीले सान्तोना गोल गरेका थिए ।

खेलको ८६औँ मिनेटमा फेरान टोरेस रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो । बार्सिलोना ५ खेलबाट १५ अंकका साथ लिगको शीर्ष स्थानमा छ । समान खेलबाट ११ अंक जोडेको एट्लेटिको मड्रिड दोस्रो स्थानमा छ ।

सम्बन्धित् समाचार