वैखरी अनलाईन, शिवराज ।
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाले छाडा पशु चौपाया नियन्त्रण गर्न नयाँ तरिका अपनाएको छ । सडकमा पशु छाड्नेलाई २० हजार जरिवाना र सुचना दिनेलाई १० हजार पुरस्कारसहित नगरपालिकाले नयाँ तरिका अपनाएको हो । यस छाडा पशु चौपाया नियन्त्रण गर्न सहज हुने नगर प्रमुख अजय थापाको विश्वास छ ।
छाडा पशु चौपया सडकमा छाड्नेलाई २० हजार जरिवाना तिराउने र पशु चौपया छोडेको सुचना र प्रमाण दिने ब्यक्तिलाई १० हजार रुपैयाँ रकमसहित पुरस्कृत गर्ने नगरप्रमुख थापाले घोषणा गरेका छन् ।
सडकहरुमा पशु चौपया नछाडा आग्रह गर्दै उनले पशु चौपायकै कारण सडकमा दुर्घटना र प्रदुषण बढाएको बताए । सडकमा छाडा रुपमा पशु चौपाय देखेको खण्डमा ९८६२२१६९३०, ९८०४४८५४०४ नम्बरमा सम्पर्क गरी सुचना दिन मेयर थापाको आग्रह छ ।
सुचना ब्यक्तिलाई गोप्य राखिने पनि नगरपालिकाले जनाएको छ ।








