गृहपृष्ठ Featured बुटवलमा कुलोमा खसेर ४ वर्षीया बालिकाको मृत्यु

बुटवलमा कुलोमा खसेर ४ वर्षीया बालिकाको मृत्यु

बुटवल ।

बुटवलमा एक बालिकाको मृत्यु भएको छ । बुटवलको सोह्र छत्तीस कुलो नजिकै घर भएकी बुटवल-११ तिनकुने बस्ने ४ वर्षीया विविशा खरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितका अनुसार बिहीबार बिहान ११ बजेर ४५ मिनेटमा खेल्ने क्रममा उनी कुलोमा खसेकी थिइन् । बालिकाको उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको थियो ।

विविशाको उपचारको क्रममा दिउँसो पौने १ बजे अस्पतालमा मृत्यु भएको प्रहरी प्रमुख पडिण्तले जानकारी दिए ।

सम्बन्धित् समाचार