गृहपृष्ठ Featured पत्रकार महासंघको असोज १२ गतेको निर्वाचन स्थगित

पत्रकार महासंघको असोज १२ गतेको निर्वाचन स्थगित

प्रकाशित मिति:

नेपाल पत्रकार महासंघको असोज १२ गते तोकिएको निर्वाचन स्थगित भएको छ । केन्द्रीय निर्वाचन समितिले शुक्रबार सूचना जारी गरेर १२ गते निर्वाचन स्थगित भएको जानकारी दिएको छ ।

आज अर्थात् असोज ४ मा उम्मेदवार मनोनयन दर्ताको मिति तोकिएपनि कार्यवाहक अध्यक्ष रमेश विष्टले केन्द्रीय निर्वाचन समितिलाई पत्र पठाउँदै आसन्न निर्वाचनका कार्यक्रम हाललाई स्थगित गर्न अनुरोध गरेपछि निर्वाचन स्थगित भएको जनाइएको छ ।

सम्बन्धित् समाचार