दाङ ।
घोराही उपमहानगरपालिका–१५, सहिद गेटस्थित मिक्सो मोटरसाइकल वर्कसपमा शनिबार अपरान्ह आगलागी भएको छ ।
आगलागीबाट वर्कसपमा रहेका सामान जलेर नष्ट भएका छन् ।
घोराही उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।
शनिबार पसल बन्द रहेका बेला आगलागी भएकाले आगलागीको कारण थाहा हुन नसकेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।
आगलागीबाट क्षतिको विवरण संकलन र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।








