गृहपृष्ठ Featured खेलकुद क्षेत्रले सिंगो राष्ट्रलाई एकताबद्ध गर्न सक्छ : अध्यक्ष सेन

खेलकुद क्षेत्रले सिंगो राष्ट्रलाई एकताबद्ध गर्न सक्छ : अध्यक्ष सेन

वैखरी अनलाइन, बाणगंगा ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला कार्यसमिति कपिलवस्तुका अध्यक्ष पदम प्रताप सेनले खेलकुद क्षेत्रले सबैलाई एकताबद्ध गर्न सक्ने बताएका छन् । राजनितिक, आर्थिक, सामाजिक, धार्मिक, जातीय रुपमा मानिसहरु विभाजित हुन सक्ने भए पनि खेलकुदले सिंगो राष्ट्रलाई एकताबद्ध गर्न सक्ने अध्यक्ष सेनको भनाई छ ।

शनिबार संघको आयोजनामा बाणगंगा नगरपालिका– १ बुङचीमा अवस्थित श्रीपेच होटलमा आयोजित भेटघाट तथा परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्न उनले यस्तो बताएका हुन् ।

उनले कपिलवस्तुमा पनि खेलकुदका माध्यमबाट सबैलाई एकजुट बनाउन आफुले भूमिका निर्वाह गरिरहेको बताए । अब जिल्ला प्रत्येक स्थानीय तहले खेलकुदलाई प्राथमिकता दिन आवश्यक रहेको बताउँदै उनले त्यसका लागी आफुहरुले दबाब सिर्जना बताए ।

उनले पछिल्लो समय नेपाल विश्व जगतकै ठूला खेलकुद प्रतियोगितामा सहभागी भएर राम्रो खेल प्रदर्शन गर्न लागेको भन्दै खुशी व्यक्त गरे । उनले अब स्थानीय स्तरबाटै लगानी बढाउन सके निकट भविष्यमा खेलकुद क्षेत्रमा फड्को मार्न सकिने दाबी गरे ।

अध्यक्ष पदम प्रताप सेन कपिलवस्तुसहित लुम्बिनि प्रदेशमै लोकप्रिय युवा नेता तथा खेल प्रेमीका रुपमा परिचित छन् । खेलकुद क्षेत्रको बिकासका लागी उनी नियमित रुपमा सक्रिय रहेको समेत पाइएको छ ।

सम्बन्धित् समाचार