गृहपृष्ठ Featured लायन्स क्लव अफ कपिलवस्तु दिदीबहिनीले बटुकसंगै मनायो पाँचौ स्थापना दिवस

लायन्स क्लव अफ कपिलवस्तु दिदीबहिनीले बटुकसंगै मनायो पाँचौ स्थापना दिवस

वैखरी अनलाईन, बाणगंगा ।

लायन्स क्लव अफ कपिलवस्तु दिदीबहिनीले आफ्नो पाँचौ स्थापना दिवस मनाएको छ । क्लवले मनकामना संस्कृत गुरुकुलम नन्दनगरका बटुकहरुलाई दिवा खाजा वितरण गरेर स्थापना दिवस मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि मनकामना संस्कृत गुरुकुलम प्रवर्धन समाजका अध्यक्ष रविराज ज्ञवालीले स्थापना दिवस पवित्र भूमिमा पूण्यको काम गर्दै मनाएर क्लवले उदाहरण प्रस्तुत गरेका बताउनुभयो । उहाँले विगतमा पनि यस क्लवले यस क्षेत्रमा वृक्षरोपण गर्नुका साथै अन्य सहयोग गर्दै आएको स्मरण गर्दै खुशी व्यक्त गर्नुभयो ।

क्लवकी अध्यक्ष भगवतीदेवी रेग्मी भुसालले क्लव अन्तरराष्ट्रिय समुदायमा सुचिकृत भएपछि यस क्षेत्रका दिनदुखीको पिडामा मलम लगाउँदै आएको बताउनुभयो । क्लवको पाँचौ स्थापना दिवस दिवस यसरी पवित्र भूमिमा मनाउन पाउँनु आफैमा गौरव र खुशीको क्षण भएको उहाँको भनाई छ । उहाँले विगतका ४ बर्षमा क्लवले रचनात्मक रुपमा सामाजिक कार्यमा निरन्तर सक्रिय रहदैं काम गर्दै आएको र आगामी दिनमा पनि त्यस्ता कामलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यस्तै विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद पोख्रेल, लायन्स क्लव अफ कपिलवस्तुका पूर्वअध्यक्ष धातानन्द भुसाल, क्वलकी पूर्वअध्यक्षहरु लक्ष्मी गैरे सविता पौडेल लगयातले क्लवको पाँचौ स्थापना दिवसको अवसरमा शुभकामना दिदैं अन्य क्लवहरु भन्दा यस क्लवले छुट्टै पहिचान स्थापित गर्न सकेकोमा खुशी व्यक्त गर्नुभएको थियो ।

क्लवका पूर्वअध्यक्ष सिता कँडेलले संयोजन गरेको उक्त कार्यक्रमको संचालन सरस्वती सोमैले गर्नुभएको थियो ।

सम्बन्धित् समाचार