गृहपृष्ठ खबर युवा संघ कपिवस्तुको अध्यक्षमा तिलाराम गिरी (तिलक)

युवा संघ कपिवस्तुको अध्यक्षमा तिलाराम गिरी (तिलक)

युवा संघ नेपाल कपिलवस्तुको ११ औं जिल्ला अधिवेशनले तिलाराम गिरी (तिलक)को अध्यक्षतामा ४३ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रूपमा निर्वाचित गरेको छ ।

आइतवार सम्पन्न अधिवेशनले उपाध्यक्षमा मदन सापकोटा, सचिवमा पवन पाण्डे, उपसचिवमा त्रिपुरारी मिश्रा, पिपा राना र कोषाध्यक्षमा तैयब खांलाई सर्वसम्मत चयन हुनु भएको छ । नवनिर्वाचित अध्यक्ष गिरीले युवाहरूको समस्या समाधान गर्दै संगठनलाई थप सबल र सशक्त बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

युवाहरुलाई स्वरोजगार तथा उद्धमबाट आत्मनिर्भर बनाउँदै राजनितीको मुलधारमा ल्याउने गरी काम गर्ने अध्यक्ष गिरीले बताउनु भएको छ । अधिवेशनको उद्घाट्न सत्रमा बोल्दै नेकपा एमाले केन्द्रीय सदस्य तथा युवा इन्चार्ज राजिव पहारीले केपी ओली नेतृत्वको सरकारले जन पक्षिय काम गर्ने दाबी गर्नु भयो ।

 

देशमा कोभिड पछि सृजना भएको आर्थिक मन्दीले तहस नहस पारेको बताउदै सरकार यो समस्यालाई चाडै हल गरी विकास निर्माणका कामको थालनी भएको पहारीको भनाइ रहेको थियो । केपी ओली प्रधानमन्त्री हुँदा थालनी भएको पूर्व पश्चिम राजमार्गको बुटवल गोरुसिंगे सडक खण्ड उहाँ कै पालामा निर्माण सुरु हुन लागेको मा खुसी ब्यक्त गर्नु भयो ।

 

राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले संगठनलाई सक्षम र सफल नेतृत्व गर्न सक्ने संस्था भएको भन्दै युवा संघले विशेष पहिचान बनाएको बताउनु भयो । कपिलवस्तुमा आयोजित राष्ट्रिय युवा संघको ११ औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष थेवेले युवाहरूको मुद्दालाई समेटेर अगाडि बढ्न नयाँ नेतृत्वलाई निर्देशन दिनु भएको छ् । अधिवेशनमा नेकपा एमालेका केन्द्रीय निर्वाचन आयोग सदस्य झवीलाल पोख्रेल, लुम्बिनी प्रदेश सचिवालय सदस्य डम्मर शर्मा, एमाले कपिलवस्तु जिल्ला अध्यक्ष बाबुराम खनाल लगायतको युवाले पार्टीका गतिविधि सञ्चालन र निर्वाचनमा गरेका उल्लेखनीय कामको चर्चा गर्नु भएको थियो ।

सम्बन्धित् समाचार