वैखरी अनलाइन, लबनी ।
कपिलवस्तु जिल्लाको शुद्धोधन गाउपालिका वडा नः १ का वडाध्यक्षको मृत्यु भएको छ । शुद्धोधन गाउपालिका वडा नः १ का वडाध्यक्ष तिलकराम यादवको मृत्यु भएको हो ।
यादवको भारतको दिल्ली एपोलो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । वडाध्यक्षको मृत्युमा गाउपालिका अध्यक्ष कमलेश शरण चौधरीले दुख ब्यक्त गर्दै शुद्धोधन गाउपालिकाले एक होनहार समाजसेवि गुमाएको वैखरीलाई बताए ।
यादव नेपाली कांग्रेसबाट वडा नः १ को वडाध्यक्षमा २०७४ र २०७९ सालमा पनि निर्वाचित वडाध्यक्ष हुन ।
उनको निधनमा नेपाली कागं्रेस लुम्बिनि प्रदेश महामन्त्री सुरेन्द्रराज आर्चाय, जिल्ला सभापति अब्दुल कलाम खाँ मुसलमान र नेपाली कागं्रेस जिल्ला कार्य समितिका पुर्व जिल्ला सभापति राजेश आर्चायले नेपाली कागं्रेस पार्टीले एक सच्चा र इमान्दार कार्यकर्ता गुमाएकोमा दुख ब्यक्त गरेका छन ।
साथै गाउपालिकाले वडाध्यक्ष यादवको दुखत निधन भएकोमा भोली बुघबार पालिकाकाबाट प्रवाह हुने सेवा सुविधा बन्द रहने जनाएको छ ।
पालिका अध्यक्ष कमलेश शरण चौधरीद्धारा हस्ताक्षरित शोक बिदा यस्तो छ ।









