गृहपृष्ठ Featured सातौं खेलसम्म अपराजित बार्सिलोना

सातौं खेलसम्म अपराजित बार्सिलोना

काठमाडौं । 

बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो शतप्रतिशत जित निकालेको छ । गएराति भएको सातौ‌ खेलमा बार्साले गेटाफेलाई १–० ले हराएको हो। बार्साको जितमा  रोबर्ट लेवनडोस्कीले १९ औं मिनेटमा गरेको गोल नै निर्णायक रह्यो।

जितपछि बार्सिलोनाको २१ अंक भएको छ र शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको रियल म्यड्रिडको १७ अंक छ।

३७ वर्षीय लेवनडोस्कीले नयाँ सिजनको लिगमा व्यक्तिगत सात गोल पनि गरिसकेका छन्।

गएराति नै भएको खेलमा  जिरोना र रायो भालेकानोले गोलरहित बराबरी खेले।

सम्बन्धित् समाचार