वैखरी अनलाईन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका विद्यालय नियमित रुपमै सुचारु हुने भएका छन् । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थीले एक सुचना जारी गर्दै नगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द नरहने जानकारी गराएका हुन् ।
अविरल वर्षाबाट देशका विभिन्न स्थानहरु प्रभावित भएता पनि बुद्धभूमि नगरपालिका भित्रको जनजीवन सामान्य रहेकाले नियमित रुपमा पठनपाठन संचालन गर्न भनिएको उनले बताए ।
‘केहि दिनदेखि देशभर भएको अविरल वर्षाबाट देशका विभिन्न स्थानहरु प्रभावित भएता पनि यस बुद्धभूमि नगरपालिका भित्रको जनजीवन सामान्य रहेको परिस्थितिलाई मध्यनजर गर्दै यस पालिका भित्रका विद्यालयहरु बन्द ÷ बिदा नगरिएको हुँदा नियमित रुपमा पठनपाठन संचालन गर्नु, गराउनु हुन सबै विद्यालयहरुलाई अनुरोध छ। कुनै विद्यालयमा कुनै प्रकारको प्रतिकूल अवस्थाका कारण विद्यालय बन्द गर्नुपर्ने भएमा नगरपालिकाको स्वीकृती लिई गर्नुहुन समेत अनुरोध छ ।’ उक्त सुचनामा उल्लेख गरिएको छ ।
यस्तो छ जारी सुचना :









