गृहपृष्ठ Featured न्युजिल्यान्डसँगको टेस्ट शृङ्खलामा श्रीलङ्काको ‘क्लिन स्वीप’

न्युजिल्यान्डसँगको टेस्ट शृङ्खलामा श्रीलङ्काको ‘क्लिन स्वीप’

प्रकाशित मिति:

काठमाण्डाै ।

न्युजिल्यान्डसँगको दुई खेलको टेस्ट शृङ्खलामा श्रीलङ्काले ‘क्लिन स्वीप’ गरेको छ । दोस्रो टेस्टमा श्रीलङ्काले न्युजिल्यान्डलाई एक पारी र १ सय ५४ रनले हरायो ।

‘फलो अन’ मा परेको न्युजिल्यान्ड दाेस्रो पारीमा ३ सय ६० रनमा अल आउट भयो । न्युजिल्यान्डका डेभन कन्वे, टम ब्लुनडेल, ग्लेन फिलिप्स र मिचेल स्यान्टनरले अर्धशतक बनाए । श्रीलङ्काका निशान पेरिसले ६ विकेट लिए ।

यसअघि घरेलु मैदान गलेमा टस जितेर ब्याटिङ गरेको श्रीलङ्काले पहिलो पारीमा ५ विकेट गुमाएर ६ सय २ रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो । पहिलो पारीमा श्रीलङ्काका कमिन्दु मेन्डिजले नट आउट १ सय ८२ रन बनाएका थिए । यस्तै दिनेश चन्डिमाल र कुसल मेन्डिजले शतक तथा एन्जेलो म्याथ्युजले अर्धशतक बनाए ।

न्युजिल्यान्डका ग्लेन फिलिप्सले ३ विकेट लिए । यस्तै न्युजिल्यान्ड पहिलो पारीमा ८८ रनमै अल आउट भएको थियो । न्युजिल्यान्डका मिचेल स्यान्टनरले सबैभन्दा धेरै २९ रन बनाए । श्रीलङ्काका प्रभात जयसूर्याले ६ विकेट लिए ।

पहिलो टेस्ट क्रिकेटमा श्रीलङ्काले न्युजिल्यान्डलाई ६३ रनले हराएको थियो ।

 

सम्बन्धित् समाचार