गृहपृष्ठ Featured लेभरकुसेन र डर्टमन्ट विजयी

लेभरकुसेन र डर्टमन्ट विजयी

युरोपियन च्यम्पियन्स लिगमा जर्मन क्लबहरू बायर लेभरकुसेन र ब्रोयसिया डर्टमन्ट विजयी भएका छन् । गएराति भएको खेलमा लेभरकुसेनलने इटालियन क्लब एसी मिलानलाई १-० गोलले पराजित गर्दै जित दर्ता गरेको हो ।

लेभरकुसेनको लागि एक मात्र विजयी गोल खेलको ५१ औँ मिनेटमा वोनिफेसले गरे ।

अर्को खेलमा डर्टमन्टले स्क्टल्यान्डको सेल्टिकलाई ७-० ले हरायो ।
खेलमा डर्टमन्टका आदियमिले ह्याट्रिक पूरा गर्दा सरउ गुरासीले २ र अमरोउ कान र फेलिक्स मेचाले समान १(१ गोल गरे ।

खेलपछि डर्टमन्ट पहिलो स्थानमा पुग्दा लेभरकुसेन तेस्रो स्थानमा पुगेको छ ।

सम्बन्धित् समाचार