रुपन्देही ।
भारतीय नागरिकको हत्या गरेको आरोपमा रुपन्देहीमा एक युवा पक्राउ परेका छन् । रुपन्देही प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो।
गत भदौ ३१ गते रुपन्देहीको तिलोत्तमा वडा नं १३ मोडहामा रहेको एक किसानको धानखेतमा बेवारिसे अवस्थामा रहेको जेव्रा झोलाभित्र शव भेटिएको थियो। उक्त शव पहिचान गर्दा भारत नयाँदिल्लीका खानको भएको खुलेको थियो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक (एसपी) रजिंत सिंह राठोरले खानलाई हत्या गरेको आरोपमा भण्डारीलाई उनकै घरबाट नियन्त्रणमा लिएर अनुसन्धान थालिएको र घटनाको प्रारम्भिक अनुसन्धानबाट भण्डारीले हत्या गरेको देखिएकोले उनलाई नियन्त्रणमा लिइएको जनाएका छन् ।
भण्डारी र मृतक खानबीच यसअघि राम्रो सम्बन्ध भएको र भण्डारीको घरमै आएको अवस्थामा आपसमा विवाद हुँदा भण्डारीले खानको हत्या गरी शवलाई धान खेतमा लगेर फ्याकेको प्रारम्धिक अनुसन्धानबाट खुलेको बताए।
भण्डारी र खानबीच भारतमा ८ महिनादेखि फोटोग्राफीको कामको शिलशिलामा चिनजान भएको अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ । भारतमा सँगै फोटो स्टुडियोमा काम गरेका भण्डारी केही महिनाअघि मात्र रुपन्देहीमा आएका थिए । उनको हत्या गरेर जेब्रा झोलामा फालिएको अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।








