काठमाडौं ।
क्याडना भ्रमणमा रहेको नेपाली टोलीले एकपछि अर्को खराब प्रदर्शन गरिरहेको छ ।
अहिले नेपालले क्यानडाको दोस्रो रोजाईको टोलीसँग एकदिवसिय सिरिज खेलिरहेको छ । क्यानडाको हाइ प्रफर्मेन्ससँग ३ खेलको सिरिज खेलेको नेपालले पहिलो खेलमै हार बेहोर्नुपर्यो ।
जवाफी ब्याटिङ गरेको हाइ प्रफर्मेन्सले ३९ ओभरमा ४ बलमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो । हाइ प्रफर्मेन्सका युवराज शम्राले सर्वाधिक ४४ रन जोडे । नेपालका अनिलकुमार शाहले सर्वाधिक ४ विकेट लिए ।
हाइ प्रफर्मेन्ससँग नेपालका सोमपाल कामीले कप्तानी गरेका थिए । नियमित कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, करण केसी, आसिफ शेखलाई उक्त खेलमा विश्राम दिइएको थियो ।








