गृहपृष्ठ Featured दशैंको मुखमै रेसुंगा विमानस्थलमा उडान अवरुद्ध

दशैंको मुखमै रेसुंगा विमानस्थलमा उडान अवरुद्ध

गुल्मी ।

गुल्मीको रेसुंगा विमानस्थलबाट दशैंको मुखमै उडान अवरुद्ध भएको छ । मौसम खराबीका कारणले ४ असोजदेखि उडान अवरुद्ध भएको नेपाल एयरलाइन्सका रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले बताए ।

काठमाडौंबाट गुल्मीसम्म नेपाल एयरलाइन्सको ट्वीन अटर जहाजले हप्ताको २ दिन बुधबार र शुक्रबार उडान गर्दै आएको थियो । एक समय यात्रुको चाप बढेको भन्दै सातामा तीन उडान गरिएको थियो । तर पछिल्लो समय शुक्रबार मात्र उडान हुने गरेको थियो । त्यही पनि अहिले अवरुद्ध भएको हो ।

रेसुङ्गा विमानस्थलका लागि काठमाडौंबाट बिहान ६ बजेर ३० मिनेट र काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने गरेको छ । बिहानी समयमा बादल लाग्ने गरेकाले लगातार उडान अवरुद्ध हुदै आएको स्टेशन प्रमुख थापाले बताए ।

सम्बन्धित् समाचार