गृहपृष्ठ Featured लुम्बिनी : ८ महिनामा ६ लाख बढी पर्यटकको आगमन, श्रीलंकाली पर्यटक धेरै

लुम्बिनी : ८ महिनामा ६ लाख बढी पर्यटकको आगमन, श्रीलंकाली पर्यटक धेरै

बुटवल ।

लुम्बिनीमा सन् २०२४ को सेप्टेम्बरसम्म (८ महिना) ६ लाख १२ हजार ४७७  पर्यटकको आगमन भएको छ ।

लुम्बिनी विकास कोषका अनुसार सन् २०२४ को जनवरीदेखि अगस्टसम्म भारतका एक लाख ७१ हजार ६५१ पर्यटक लुम्बिनी आएका छन् । भारतबाहेक अन्य ९२ देशका ५९ हजार ६६१ पर्यटक आएका छन् । यस्तै यो अवधिमा तीन लाख ८१ हजार १६५ आन्तरिक पर्यटकले लुम्बिनी भ्रमण गरे ।

राहदानीवाहक अर्थात् भारतबाहेक अन्य मुलुकमध्ये यो आठ महिनाको अवधिमा सबैभन्दा धेरै पर्यटक श्रीलङ्काबाट आएका छन् । दोस्रो नम्बरमा थाइल्यान्डका छन् । श्रीलङ्काका १३ हजार ८९६ जना आउँदा थाइल्यान्डका १२ हजार ५३६ जना आएको लुम्बिनी विकास कोषका जनसम्पर्क अधिकृत एवं सूचना अधिकारी डा. हरिध्वज राईले रातोपाटीलाई बताए ।

उनका अनुसार तेस्रो मुलुकमध्ये लुम्बिनीमा धेरै पर्यटक आउनेमा चीन तेस्रो नम्बरमा छ । चीनका सात हजार ५७६ जना आएका छन् ।

गत वर्षको आठ महिनाको अवधि (सेप्टेम्बरसम्म)मा लुम्बिनीमा तेस्रो मुलुकका २८ हजार पर्यटक आएका थिए । अहिले  सोही अवधिमा ५९ हजार ६६१ पर्यटक आएका छन् ।

गत वर्ष आठ महिनामा एक लाख ५१ हजार भारतीय लुम्बिनी आएका थिए भने यस वर्षको सोही अवधिमा एक लाख ७१ हजार आए । यो १२ प्रतिशतभन्दा बढीको वृद्धि हो ।

सम्बन्धित् समाचार