गुल्मी ।
गुल्मीमा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर छ ।
बुटवलबाट गुल्मीको मालिका तर्फ जाँदै गरेको लु १ ज ४४४८ नम्बरको जिप शुक्रबार बिहान रिडी–बुर्तिबाङ सडकखण्ड अन्तर्गत गुल्मीको मुसिकोट नगरपालिका– ५ इन्द्रेगौंडामा दुर्घटना भएको हो ।








