गृहपृष्ठ Featured १५औं कपिलवस्तु महोत्सवको तयारीमा जुट्यो उद्योग बाणिज्य संघ, जिम्मेवारी बाडफाँड

१५औं कपिलवस्तु महोत्सवको तयारीमा जुट्यो उद्योग बाणिज्य संघ, जिम्मेवारी बाडफाँड

वैखरी अनलाइन, बाणगंगा ।

कपिलवस्तु उद्योग बाणिज्य संघ १५ औँ कपिलवस्तु महोत्सवको तयारीमा जुटेको छ । महोत्सव नजिकिदैँ जादा कपिलवस्तु उद्योग बाणिज्य सघं १५औं कपिलवस्तु महोत्सव तयारीमा जुटेको हो ।

बाणगंगा नगरको चार जितपुरमा रहेको सघंको सभाहलमा मगंलबार बसेको कार्यसमिति बैठकले जिम्मेवारी बाँडफाँड गरेको हो । बैठकले विभिन्न २९ वटा उपसमितिका संयोजक बनाई सदस्य थप गर्न पाउने गरी जिम्मेवारी बाँडफाँड गरिएको सघंका अध्यक्ष गणेश बहादुर क्षेत्रीले जानकारी दिए ।

साथै जिम्मेवारी पाएका उपसमिति संयोजकलाई आफनो जिम्मेवारी गम्भीरतापुर्वक पुरा गर्न र आवश्यक तयारीका लागी लाग्न अध्यक्ष क्षेत्रीले आग्रह गरेका छन ।

सघंका अध्यक्ष गणेश बहादुर क्षेत्रीको अध्यक्षतामा बसेको बैठकको सञ्चालन महासचिव नवदत्त घिमिरेले गरेका थिए ।

बैठकमा सघंका पुर्व अध्यक्ष बिष्णु प्रसाद न्यौपाने, यज्ञ प्रसाद भट्टराई, बरिष्ठ उपाध्यक्ष हुमनाथ पौडेल सल्लाहकार टोप नारायण बेल्बासे लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार