गृहपृष्ठ Featured रुपन्देहीमा भन्सार छलीका झन्डै ७ लाख मूल्यका सामान बरामद

रुपन्देहीमा भन्सार छलीका झन्डै ७ लाख मूल्यका सामान बरामद

भैरहवा ।

नेपाल प्रहरी र बुटवल नगर प्रहरीको संयुक्त टोलीले भन्सार छलेर नेपाल भित्र्याइएको झन्डै ७ लाख रुपैयाँ मूल्यका विभिन्न सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, इलाका प्रहरी कार्यालय सूर्यपुरा, छपिया र बुटवल नगर प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले रुपन्देहीको विभिन्न स्थानमा चेकिङका क्रममा ६ लाख ९० हजार रुपैयाँ मूल्यबराबरको सामान बरामद भएका हुन् ।

बरामद गरिएको सामानमा ७६ थान साडी, ६० थान कुर्ता सुरवाल, ३० थान कुर्ती, ४ बण्डल सर्ट पाइन्टको कपडा, ७१ जोडा चप्पल, ६ बोरा चिनी र अन्य किराना सामान छन् । भन्सार छलीका सामान ढुवानीमा प्रयोग गरिएको लु २७ प ७२५१ र लु २७ प ६१२२ नम्बरको मोटरसाइकल पनि टोलीले नियन्त्रणमा लिएको छ ।

बरामद र नियन्त्रणमा लिइएका सबै सामान थप कारबाहीका लागि भैरहवा भन्सार कार्यालयमा बुझाइएको रुपन्देहीको प्रहरी प्रवक्ता तथा डीएसपी लक्ष्मी खनालले बताइन् ।

सम्बन्धित् समाचार