गृहपृष्ठ Featured नेतृत्वको कमजोरीका कारण जनता निराश : मुख्यमन्त्री आचार्य

नेतृत्वको कमजोरीका कारण जनता निराश : मुख्यमन्त्री आचार्य

नेपालगन्ज ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण  आचार्यले  सुशासन कायम भए भ्रष्टाचार न्यूनीकरण हुँदै जाने बताएका छन् । प्रदेश सरकारद्वारा आज यहाँ ‘सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार न्यूनीकरणसम्बन्धी पाँच वर्षे रणनीतिक कार्ययोजना’ मस्यौदाका सम्बन्धमा आयोजित छलफलमा उनले सुशासन कायम नहुँदा भ्रष्टाचार बढ्दै गएको उल्लेख गरेका छन् ।

मुख्यमन्त्री आचार्यले  भ्रष्टाचार न्यूनीकरणका लागि पाँच वर्षे रणनीति योजना ल्याइएको बताउँदै यसलाई मन्त्रिपरिषदबाट पास गरी कार्यान्वयनमा लैजाने जानकारी दिए । उनले लुम्बिनी प्रदेश सरकार भ्रष्टाचार न्यूनीकरण गर्दै सुशासन अभिवृद्धि गर्ने, जनता केन्द्रित विकास, निर्माणमा सक्रिय रूपमा लागेको उल्लेख गरे ।

नेतृत्व तहमा बसेकाहरूको कमजोरीका कारण जनता निराश भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले सबै तहमा भ्रष्टाचार न्युनीकरण गर्दै सुशासन कायम गर्नु आवश्यक रहेको धारणा व्यक्त गरे । उनले प्रदेश सरकारले आचारसंहिता निर्माण गरेर लागू गर्न खोजेको बताउँदै विवाह, भोज वा पर्वमा सरकारी गाडीको दुरुपयोग नगर्न आग्रहसमेत गरे ।

सम्बन्धित् समाचार