गृहपृष्ठ Featured भारतलाई हराउँदै अफगानिस्तान इमर्जिङ कप टी-२० को फाइनलमा प्रवेश

भारतलाई हराउँदै अफगानिस्तान इमर्जिङ कप टी-२० को फाइनलमा प्रवेश

काठमाडौँ । 

ओमानमा जारी एसीसी मेन्स इमर्जिङ कप टी-२० प्रतियोगितामा अगफगानिस्तान ‘ए’ले भारत ‘ए’लाई पराजित गर्दै फाइनलमा पुगेको छ ।

इमर्जिङ एसिया कपको दोस्रो सेमिफाइनल खेलमा अफगानिस्तान ‘ए’ले भारत ‘ए’माथि २० रनको जित हासिल गर्दै फाइनलमा पुगेको हो ।

अफगानिस्तान ‘ए’ले दिएको २०७ रनको लक्ष्य पछ्याएको भारत ‘ए’ले निर्धारित २० ओभरमा १८६ रन मात्र बनाएपछि खेल २० रनले हारेको थियो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान ‘ए’ले २० ओभरमा ४ विकेट गुमाएर २६ रन बनाएको थियो ।

जितसँगै अफगानिस्तानले एसिसी इमजिङ कपको फाइनलमा पुगेको छ । त्यस्तै यसअघिको सेमिफाइनलमा श्रीलंका ‘ए’ले पाकिस्तान ‘ए’लाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

अब फाइनलमा अफगानिस्तान ‘ए’ र श्रीलंका ‘ए’ आइतबार भिड्ने भएका छन् ।

सम्बन्धित् समाचार