वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु जिल्ला फुटबल लिगको पहिलो सेमिफाईनलमा शान्ति सिर्जना क्लव र सुर्योदय युवा क्लव भिड्ने भएका छन् । यी दुई टोली बुधबार दिउँसो १ बजे बाणगंगा नगरपालिकाको चारनम्बर जितपुरमा रहेको बुद्धरंगशालामा फाईनल प्रवेशका लागि भिड्न लागेका हुन् ।
शान्ति सिर्जना आफ्नो समूहको विजेता हुदैं सेमिफाईनलमा पुगेको हो भने सुर्योदय आफ्नो समूहको उपविजेता रहदैं सेमिफाईनलमा पुगेको हो ।

यस्तै दोस्रो सेमिफाईनलमा गोल्डेन स्टार युवा र मुहान एफसी भिड्ने छन् । मंगलबार भएको खेलमा गोल्डेन स्टार युवा क्लव शान्तिदिप युवा क्लवसंग १–१ को बराबरीमा रोकिएको थियो ।
यद्यपि गोल्डेन समूहको शिर्ष स्थानमा रहदैं सेमिफाईनलमा पुग्यो ।

यस खेलमा शान्ति दिपका शिबु राना ‘म्यान अफ दि म्याच’ घोषित भए ।
शान्तिदिपले अग्रता लिएको यस खेलमा दोस्रो हाफको अन्तिम मिनेटमा गोल्डेन स्टारले गोल गरेपछि खेल बराबरीमा सकिएको हो । यस्तै मुहान मंगलबार नै राईजिङस्टार युवा क्लवसंग बराबरी खेल्दै सेमिफाईनलमा पुगेको छ ।
निकै रोमाञ्चक भएको यस खेलमा मुहानले पेनाल्टीमार्फत सुरुवाती अग्रता लिएको थियो । यद्यपी मुहानले अग्रता जोगाउन नसकेपछि खेल १–१ गोलको बराबरीमा सकिएको हो । यस खेलमा मुहानका सुजल रोका ‘म्यान अफ दि म्याच’ घोषित भए ।
बुधबार लिगको अन्तिम खेल बिहान ८ बजे जनमिलन स्पोर्टस क्लव र शान्तिदिप युवा क्लवबीच हुने संघका अध्यक्ष तिलक थापाले जानकारी दिए ।
१० टोलीको सहभागिता रहेको यो लिगको फाईनल खेल कार्तिक १६ गते हुने छ ।








