लागु औषध नियन्त्रण ब्युरोको भैरहवा शाखा र इलाका प्रहरी कार्यालय कृष्णनगरको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
आरोपी महेश थारुको साथमा ९० हजार नगद फेला परेको कपिलवस्तुका डिएसपी मोहनमणी अधिकारीले बताए । लवकुश भुजको साथबाट प्रहरीले १५१ दशमलव २१० ग्राम ब्राउन सुगर बरामद गरेको छ ।
लवकुशसँग खैरो हेरोइन खरिद गर्न आएको अवस्थामा अरु दुईजना पक्राउ परेका हुन् । लागु औषध तौलन प्रयोग गरिने ४ थान तराजु पनि प्रहरीले बरामद गरेको छ ।
आरोपीहरुविरुद्ध जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान थालेको छ ।
उनीहरू लागु औषध सेवनकर्ता समेत रहेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी भट्टले जानकारी दिए ।