गृहपृष्ठ Featured कांग्रेस बाणगंगाले ‘पालिका संवाद’ कार्यक्रम गर्दै, प्रदेश सभापति पुन आउने

कांग्रेस बाणगंगाले ‘पालिका संवाद’ कार्यक्रम गर्दै, प्रदेश सभापति पुन आउने

 वैखरी अनलाईन, बाणगंगा ।

नेपाली कांग्रेस बाणगंगा नगर कार्यसमितिले पालिका संवाद कार्यक्रम गर्ने भएको छ ।

कांग्रेस बाणगंगाले उक्त कार्यक्रम यही कार्तिक २५ गते आईतबार कपिलवस्तु उद्योग बाणिज्इ स्ंघको सभाहल चारनम्बरमा गर्न लागेको नगर सभापति विष्णु थापाले जानकारी दिए ।

उनले उक्त कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश सभापति अम्बरसिंह पुन आउने र यस क्षेत्रका जनतासंगै पार्टीका नेता कार्यकर्ताको आवाज सुन्ने बताए ।
उनले यस कार्यक्रमले पार्टीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

उनले यस कार्यक्रममा सहभागी हुन पार्टीका टोल समिति, वडा समिति,नगर समिति, प्रदेश समिति, महाधिवेशन महासमिति लगायत नगर भित्रबाट क्षेत्र, जिल्ला लुम्बिनी प्रदेश, केन्द्र तहसम्म प्रतिनिधित्व गर्ने सबै नेताहरुलाई उपस्थित भई कार्यक्रमलाई भव्य रुपमा सफल पार्न आह्वान समेत गरेका छन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति पुनले केही महिनायता कपिलवस्तुसहित प्रदेशका १२ वटै जिल्लाका प्रत्येक पालिकामा पुगेर ‘पालिका संवाद’ कार्यक्रम गर्दै आएका छन् ।

सम्बन्धित् समाचार