गृहपृष्ठ Featured पाक्ने बेलामा सुन्तलामा रोग देखिएपछि गुल्मीका किसान चिन्तित

पाक्ने बेलामा सुन्तलामा रोग देखिएपछि गुल्मीका किसान चिन्तित

गुल्मी ।

पाक्ने बेलामा सुन्तलामा रोग देखिएपछि गुल्मीका किसान चिन्तित भएका छन् ।

जिल्लाको धुर्कोट गाउँपालिका–७ वाग्लाका कृषक धनराज पौडेलेको सुन्तला बगैंचामा बोट पहेलो देखिने रोग देखा परेको छ । पौडेलको पौडेल कृषि फार्ममा एक हजार एक सय सुन्तलाका बोट रहेका छन् । बगैंचामा रहेका धेरैजसो बोटहरु पहेंलो हुने रोग देखा परेको पौडेलले बताए ।

पौडेलले गत वर्ष करिब चार लाखका सुन्तला बिक्री गरेका थिए । तर, अहिले रोग लागेको र फल लागेका सुन्तला पनि झरेकाले एक लाख भेट्न पनि मस्किल हुने हेरालु रामु गिरीले बताए ।

कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले अहिले उक्त बगैंचामा बोटका जरा कुहिने रोग देखा परेकाले बोट नै पहेलो भएको बताए ।

सम्बन्धित् समाचार