गृहपृष्ठ Featured आजदेखि कतार एयरले भैरहवा उडान गर्दै

आजदेखि कतार एयरले भैरहवा उडान गर्दै

काठमाडौं ।

कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि भैरहवामा दैनिक उडान भर्ने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भूलले कतार एयरवेजको भैरहवा उडान साङ्केतिक रुपमा ठूलो उपलब्धि भएको बताए।
कतारबाट आएको जहाज दिउँसो साढे तीन बजे भैरहवामा अवतरण हुनेछ।

यो जहाज भैरहवाबाट यात्रु लिएर साढे चार बजे काठमाडौंका लागि उड्नेछ। यही जहाज दोहाका लागि काठमाडौंैबाट आजै साँझ उड्नेछ। भुलका अनुसार गौतमबुद्ध विमानस्थलबाट भएको अन्तर्राष्ट्रिय उडानले हवाई भाडा नियन्त्रण गर्न मद्दत पुग्छ।

सम्बन्धित् समाचार