वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुका ६ पालिकाले कार्तिक शुक्ल पूर्णिमा हुने मेलाको अवसरमा विदा दिएका छन् ।
बिहिबार एक सुचना जारी गर्दै पालिकाले स्थानीय विदा दिएका हुन् । जिल्लाको कपिलवस्तु, महाराजगंज, कृष्णनगर नगरपालिका तथा मायादेवी, सुद्धोधन र यशोधरा गाउँपालिकाले विदा दिएका हुन् ।
पालिका स्तरीय निर्णयानुसार पालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थाहरु (अतिआवश्यक सेवा बाहेक), शिक्षण सस्थाहरुमा स्थानीय बिदा दिइएको सुचनामार्फत जनाईएको छ ।








