गृहपृष्ठ Featured ३ प्रदेश र ५०० पालिका भए पुग्छ : लुम्बिनी प्रदेश प्रमुख घर्ती

३ प्रदेश र ५०० पालिका भए पुग्छ : लुम्बिनी प्रदेश प्रमुख घर्ती

बुटवल ।

लुम्बिनीका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नेपालमा ७ प्रदेश आवश्यक नभएको तर्क गर्दै तीनवटा मात्र प्रदेश भए पुग्ने बताएका छन् ।

अन्तर धार्मिक सद्भाव संघले बुटवलमा गरेको अन्तर्क्रियामा बोल्दै प्रदेश प्रमुख घर्तीले नेपालमा तीन प्रदेश, ७५ जिल्ला, संघीय सांसद बढीमा एक सय ५० जना, बढीमा १५ जना मन्त्री र ५०० भन्दा कम पालिका भए बनाउनुपर्ने बताएका हुन् ।

प्रदेश प्रमुख घर्तीले राष्ट्रिय सभा, उपराष्ट्रपति, उपसभामुख राज्यमन्त्री जस्ता पद आवश्यक नभएको धारणासमेत राखेका छन् । ‘नेपालमा सात हैन तीन प्रदेश, ७७ जिल्ला होइन पुरानै ७५ जिल्ला भएपुग्छ, संघीय सांसद पनि २७५ चाहिन्न बढीमा एक सय ५० भए पुग्छ, पालिकाहरु ७५३ लाई घटाएर ५ सय भन्दा कम बनाउनुपर्छ, राष्ट्रिय सभा, उपराष्ट्रपति, उपसभामुख राज्यमन्त्री जस्ता पद आवश्यक छैन, हटाउनुपर्छ’, प्रदेश प्रमुख घर्तीले भने ।

उनले अगाडि भने, ‘केन्द्रमा १५ जना मन्त्री भए पुग्छ, कामै नभएका उपराष्ट्रपति, राज्यमन्त्रीहरु हटाउनुपर्छ ।’ प्रदेश प्रमुख घर्तीले फुटाइएका रुकुम र नवलपरासी जिल्लालाई फेरि एउटै बनाउनुपर्ने धारणा राखे । राष्ट्रियसभा र समानुपातिक नेताका तलुवा चाटेर जाने पद भएको प्रदेश प्रमुखले टिप्पणी गरे ।

सम्बन्धित् समाचार