गृहपृष्ठ Featured सरकारको निर्देशन कार्यान्वयनबारे नागरिकबाट खबरदारी गर्न आग्रह

सरकारको निर्देशन कार्यान्वयनबारे नागरिकबाट खबरदारी गर्न आग्रह

प्रकाशित मिति:

बुटवल ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले जारी गरेको आचारसंहिता र निर्देशन कार्यान्वयन भए नभएको बारेमा नागरिक स्तरबाट खबरदारी गर्नुपर्ने बताएका छन् ।

भ्रष्टाचारविरुद्धको स्वतन्त्र नागरिक समाज मञ्च प्युठानको प्रतिनिधिमण्डलसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा आइतबार भएको छलफलमा मुख्यमन्त्री आचार्यले भ्रष्टाचार निवारण गर्न प्रदेश सरकार दृढ रहेको बताएका हुन् ।

प्रदेश सरकाले भ्रष्टाचार नियन्त्रण गर्न पाँच वर्षे रणनीतिक योजना कार्यान्वयनमा लगेको छ । यस्तै मुख्यमन्त्री तथा मन्त्रीहरूलाई आचारसंहिता लागु गरेको, मन्त्रालय र निकायका लागि १४ बुँदे निर्देशन पनि जारी भएको छ ।

मुख्यमन्त्री आचार्यले नागरिक तहमा बढ्दो निराशालाई आशामा बदल्ने गरी सरकारले योजनाबद्ध काम अघि बढाएको र त्यसको कार्यान्वयनको लागि नागरिक तहको साथ आवश्यक परेको बताए । पाँच वर्षभित्र भ्रष्टाचार निवारणका लागि प्रदेश सरकारले रणनीतिक योजना बनाइसकेको उनले बताए ।

सरकारले बनाएका योजनाहरू कार्यान्वयन गर्न नागरिक सहभागिता जरुरी रहेको उनले बताए ।

सम्बन्धित् समाचार