बाणगंंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा लागु औषध नियन्त्रण सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम गरिएको छ । आइतबार लायन्स क्लब अफ कपिलवस्तुको आयोजना र बाणगंगा नगरपालिकाको संयोजनमा उक्त कार्यक्रम गरिएको हो ।
उक्त कार्यक्रममा पूर्व एसएसपी बसन्तराज कुँवरले मुख्य प्रशिक्षक रुपमा सहजीकरण गरेका थिए ।
बााणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले लागू औषध नियन्त्रण गर्न नगरले बर्षेनी लाखौं बजेट विनियोजन गर्दै आएको बताए । उनले बाणगंगामा एक वर्षको अवधिमा लागू औषध दुव्र्यसनका घटनाहरु क्रमिक रुपमा सुधार हुदैं गएको बताए । समाजका हरेक निकायले सकारात्मक रुपमा सहयोग गरे बाणगंगामा अपेक्षित रुपमा लागुऔषध नियन्त्रण गर्न सम्भव भएको उनको भनाई छ ।
लायन्स क्लब अफ कपिलवस्तुका अध्यक्ष नवदत्त घिमिरेले लागू औषध रोक्न सबैले आआपनो क्षेत्रबाट लागे मात्र सम्भव हुने बताए ।
उक्त कार्यक्रममा ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख लोकेन्द्र जि.सि ,जनप्रतिनिधिहरु, विधार्थी, शिक्षक अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।