गृहपृष्ठ Featured आयल निगमको रुपन्देहीमा लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने

आयल निगमको रुपन्देहीमा लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने

प्रकाशित मिति:

भैरहवा ।

रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा नेपाल आयल निगमका लुम्बिनी प्रदेशिक भण्डारण गृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न काठमाडौं विश्वविद्यालय (केयू) सँग सम्झौता भएको छ ।

बुधबार भण्डारण क्षमता वृद्धि परियोजनाका प्रमुख एवं निगमका उपनिर्देशक प्रदीप यादव र काठमाडौं विश्वविद्यालय (कन्सल्टेन्सी विभाग) का प्रमुख विवेक बरालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतअनुसार केयूले एक करोड ९५ लाख ७६ हजार पाँच सय ७८ रुपैयाँ ५५ पैसामा छ महिनाभित्र डीपीआर तयार गर्नेछ । डीपीआर तयार भएलगत्तै डिपो निर्माण अघि बढाइने र २०८४ मंसिरसम्म भलवारीस्थित डिपो स्थानान्तरण गरिने निगमका उपनिर्देशक यादवले जानकारी दिए ।

यसअघि निगमले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको हवाई इन्धन डिपो स्थानान्तरणका लागि डीपीआर निर्माण गर्न गत साता पुल्चोक इन्जिनियरिङ क्याम्पससँग सम्झौता गरेको थियो ।

सम्बन्धित् समाचार