कपिलवस्तुको शुद्धोधन गाउँपालिका- १ मा दिउसो १ बजेसम्म ५५ प्रतिशत मत खसेको छ।
निर्वाचन अधिकृतको कार्यालय अनुसार ३ मतदान स्थलका ६ मतदान केन्द्रमा दिउसो १ बजेसम्म कुल २ हजार ७३० मत खसेको छ। सो वडामा कुल ४ हजार ८६८ मतदाता छन्।
मुख्य निर्वाचन अधिकृत प्रकाश चन्द्र अधिकारीले निर्वाचन शान्तपुर्वक सुचारु रहेको बताए। सो वडामा १४ जना उम्मेदवार छन्। वडाध्यक्ष तिलकराम यादवको निधन भएपछि निर्वाचन गरिएको हो।