गृहपृष्ठ कपिलवस्तु बिशेष सबैले १५औं कपिलवस्तु महोत्सवलाई पर्वको रुपमा लिनुपर्छ : पूर्वअध्यक्ष पौडेल

सबैले १५औं कपिलवस्तु महोत्सवलाई पर्वको रुपमा लिनुपर्छ : पूर्वअध्यक्ष पौडेल

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तु उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष उमानाथ पौडेलले १५औं कपिलवस्तु महोत्सवलाई सबैले पर्वको रुपमा लिनुपर्ने बताएका छन् । यस क्षेत्रका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्दै कपिलवस्तुको व्यवसायलाई प्रतिबिम्बित गर्ने भएकाले कपिलवस्तु महोत्सवलाई कपिलवस्तुवासीले पर्वको रुपमा लिनुपर्ने उनको भनाई छ ।

उनले विगतदेखि नै कपिलवस्तु महोत्सव समग्र कपिलवस्तुकै पहिचानका रुपमा स्थापित हुदै आएको बताए । यस क्षेत्रको समग्र पहिचान झल्किने गरि महोत्सव संचालन गरिने बताए । आन्तरिक तयारीका काम विभिन्न समिति, उपसमितिमार्फत सम्पन्न भएको बताउँदै उनले भने, ‘अहिलेको महोत्सवले कपिलवस्तुको पहिचानलाई प्रदर्शन गर्न महत्वपुर्ण भूमिका निर्वाह गर्नेमा विश्वस्त छौं ।’

उनले हालसम्म ९० प्रतिशत तयारी सम्पन्न भएको बताए । विगतको महोत्सवहरुमा भन्दा यस पटक सम्पूर्ण तयारी छिटो सकिने उनले बताए । ‘पहिलेका महोत्सवमा भन्दा यस पटक छिटो तयारी सकिन्छ । विगतमा उद्घाटन मिति नजिकिदै गर्दा रातदिन काम गरेर सक्ने प्रवृति थियो तर यसपटक त्यस्तो हुदैंन्,’ उनले भने ।

उनले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सवले महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताए । उनले महोत्सवमा हस्तकलाको प्रदर्शनसंगै शैक्षिक प्रदर्शनी र कृषि प्रदर्शनी समेत हुने बताए । स्थानीय तथा घरेलु उत्पादनलाई महोत्सवले प्राथमिकता दिदै निशुल्क स्टल उपलब्ध गराउने प्रयासले सकारात्मक सन्देश प्रवाह हुने उनको भनाई छ । उनले यो महोत्सव कृषक, उद्योगी, व्यवसायीका लागि आफ्ना उत्पादन प्रदर्शन गर्ने थलोका रुपमा विकास हुने बताए ।

उनले महोत्सव स्थललाई शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, व्यापार र कृषिसंग जोड्नुपर्ने बताए । हरेक आयामबाट यस महोत्सवलाई विगतको भन्दा पृथक बनाउन आयोजक लागिपरेको उनले बताए । शारिरीक रुपमा अशक्त र एकल महिलालाई निशुल्क रुपमा प्रवेश दिने व्यवस्था आयोजकले मिलाएको उनले जानकारी दिए ।

द्धन्द्धकालदेखि महोत्सव लगाउँदै आएको स्मरण गर्दै उनले यसपटक अनुकुल मौसममा महोत्सव हुन लागेकाले दर्शकको पूर्णरुपमा साथ मिल्ने बताए ।

१५ औँ कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा यही मंसिर १९ गतेदेखि पुष २ गतेसम्म बाणगंगा नगरपालिकाको बुद्धरंगशालामा हुदैंछ ।

सम्बन्धित् समाचार