सागर वि.क., वैखरी अनलाईन ।
१५औँ कपिलवस्तु महोत्सव अन्तर्गत रहेको १३औं कपिलवस्तु डान्स आईडलका मुख्य निर्णायक हरिशरण रिजालले डान्स आईडलको प्रतिस्पर्धा स्वच्छ र निष्पक्ष हुने दाबी गरेका छन् । विगतदेखि नै आयोजकले सदैव निष्पक्ष रहदैं आईडल सम्पन्न गर्दै आएको उनको जिकिर छ ।
उनले हरेक सँस्करणको आईडल विगतको भन्दा क्रमश पृथक र उत्कृष्ट हुदैं आएको बताए । उनले निर्णायक र दर्शकको मतका आधारमा नै प्रतिस्पर्धी अघि बढ्ने बताए । उद्यपी उनले दर्शकको र जजको कतिकति प्रतिशत मतका आधारमा प्रतिस्पर्धी अघि बढ्ने भन्नेबारे खुलाएनन् । विगतमा भन्दा यसपटक प्रतिभावान र सम्भावना बोकेका प्रतिस्पर्धीहरु आएको भन्दै उनले खुशी व्यक्त गरे ।
उनले विगतका महोत्सवमा हालसम्मका प्रतिस्पर्धीहरुको अनुहार महोत्सवमा नदेखिएको अवस्था अन्त्य गर्न आयोजकले ति प्रतिस्पर्धीहरुको तस्बिरसहितको होडिङ्ग बोर्ड महोत्सव स्थलमै राख्ने तयारी गरिरहेको बताए । पुरस्कार राशिदेखि प्रतिस्पर्धीहरुलाई प्रोत्साहन, नृत्यको तयारी लगायतका क्षेत्रमा केही पृथक गर्न लागिएको उनले बताए ।
१३औं कपिलवस्तु डान्स आईडलमा विगतमा भन्दा कोरियोग्राफर परिवर्तन परिवर्तन गरिएको उनले बताए । उनले आईडलका प्रतिस्पर्धीहरुलाई तयारी गर्न सहजहोस् भन्ने उद्देश्यसहित मंसिर १४ गतेनै १५ जना छनोट गरिएको बताए । उनले टप १५ जना नै आईडल भएको बताउँदै प्रथम, द्धितीय, तृतीय र सान्तवना एउटा प्रक्रिया मात्र भएको बताए । उनले दर्शकले उत्कृष्ट, प्रतिभावान प्रतिस्पर्धीलाई नै भोट गराएर अघि बढाउने विश्वास व्यक्त गरे । उनले ट्रफी, गिफ्ट ह्याम्पर पहिले नै सजावटसहित राखिने जानकारी गराए ।
मुख्य निर्णायक रिजालले टिकटको विषयलाई आयोजकले गम्भिरता साथ लिएका भन्दै त्यसलाई सहज बनाउने दिशातर्फ अघि बढेको बताए । आईडलमा सहभागी प्रतिस्पर्धीलाई विभिन्न समयमा आफुहरुले काठमाडौं बोलाएको स्मरण गर्दै उनले ति प्रतिस्पर्धीका अभिभावकले बोलाएको समयमा नल्याईदिएको गुनासो गरे ।
उनले अभिभावकहरु आफ्नो बालबालिकाको नृत्यप्रतिको रुचिमा निखार्ता ल्याउन स्वयम् बालबालिकासंगै लाग्नुपर्ने बताए । उनले हालका चर्चित मोडलहरु यस्तै मेला महोत्सवहरुबाट आएर स्थापित भएको बताए ।
१५ औँ कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा यही मंसिर १९ गतेदेखि पुष २ गतेसम्म बाणगंगा नगरपालिकाको बुद्धरंगशालामा हुदैंछ ।