वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु जिल्लाको बाणगंगामा नगरपालिका- १ बैरीयामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । विगंरले ठक्कर दिदा घाइते भएका एक जनाको मृत्यु भएको हो ।
विंगरमा सवार यात्रुहरु भने सकुशल रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बर्ष बाणगंगा- १ बस्ने बर्ष ६१ को पशुपति थापा रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
उनी सडकमा पैदल हिडिरहेका थिए ।
अस्पताल लैजाने क्रममा घाइतेको बाटोमै मृत्यु भएको पिपरा अस्पतालले जनाएको छ ।
विगंर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।